logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


  • राजनीति
  • आइतबार, असार २९ २०८२

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवन बस्ने संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले “सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयक, २०८२” संसदमा पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले “औद्योगिक सम्पत्ती सम्बन्धी विधयेक, २०८२” संसदमा पेश गर्न अनुमति माग्ने र उक्त विधेयक पेश गर्नेछन् ।

सचिवालयका अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट संशोधनमाथि विचार गरियोस,” भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार