राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ।
केहीबेर अघि सुरु भएको बैठकमा घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी भएका छन्।
मन्त्री घुस प्रकरणमा मुछिएका गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बोलाएर छलफल गरेका थिए। प्रधानमन्त्रीको छलफलपछि उनलाई हटाउने तयारी भएको चर्चा चलेको थियो।
हाल बैठक जारी रहेकाले उनलाई हटाउने वा के गर्ने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।