logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्रीज्यू, तपाईंको मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस् : गगन थापा


  • राजनीति
  • सोमबार, असार ३० २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले घुसकाण्डमा मुच्छिएका मन्त्री गुप्ताले राजीनामा दिएर अनुसन्धान गर्न बाटो खुल्ला गर्नुपर्नेमा त्यसो नगरेकाले प्रधानमन्त्रीलाई तत्काल बर्खास्त गर्न आग्रह गरेका हुन् ।

महामन्त्री थापाले भने, “आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन। लताले लिएर जान्छु भन्ने कुरा गरिसकेपछि मैले प्रधानमन्त्रीले तुरुन्त बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो। टिप्पणी नै गर्नुपर्ला जस्तो लागेको थिएन। टिप्पणी गर्नुपर्ने अवस्था आयो । कार्यक्रमबाटै म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु। तपाईँलाई तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्।”

मन्त्री गुप्तालाई बर्खास्त गरी अनुसन्धान गरेर यस घटनामा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाइ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार