राजनीति
मङ्सिर ८, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज पार्टी पुनर्गठन दिवसका अवसरमा आज काठमाडौँमा विशाल जनसभालाई आयोजन गरेको छ । उक्क्त कार्यक्रम मा ससार भर आफ्नो परिचय बनाउन सफल एक युवाको नेतृत्वमा नेकपामा प्रवेश गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
आफ्नो बेग्लै क्षमाता र प्रतिभाले बिश्वमा चर्चा बटुले सकेका युवाको पार्टी प्रवेशलाइ नेकपाले महत्त्वका साथ लिएको बुझिएको छ । अहिले नाम सार्वजनिक नगरिएको भएता पनि उनको प्रवेशलाइ लिएर नेतृत्व र नेकपा रहेका युवा पंत्ती निकै उत्साहित बनेको देखिन्छ । स्थायी समिती सदस्य तथा आजका प्रमुख बक्ता प्रकाण्डले उनलाइ स्वागत गरे सगै उनि बोल्ने कार्यक्रम रहेको जनाइएको छ ।