logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोइराला निवास पुगेका नेता खाँणले भने : यो साझा ‘पवित्र स्थल’ हो


  • राजनीति
  • बुधबार, साउन १ २०८२

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री बालकृष्ण खाँण विराटनगर स्थित डाक्टर शेखर कोइराला निवास पुगेका छन्।

कुनैबेला सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिएका खाँण आज कोइरालाको निवासमा उपस्थित गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणपछि देउवासँग चिडिएका खाँण कोइराला निवास पुग्नलाई उनले गुट परिवर्तन गरेको भन्ने रूपमा पनि बुझिएको छ।

बुधबार बिहान कोइराला निवास पुगेका खाँणले पत्रकार सम्मेलन समेत गरेका छन्। उनले पत्रकार सम्मेलनमा आफूले गुट फेरेको नबताए पनि कोइराला समूहका नेताहरुले पनि उनको उपस्थितिमा हर्षित देखिन्थे ।

पत्रकार सम्मेलनमा नेता खाँणले कोइराला निवास गुटको केन्द्र नभई साझा पवित्र भूमि भएको बताए । राजनीतिमा कोइराला परिवारले पुर्‍याएको योगदान अतुलनीय भएको पनि उनले स्मरण गरे ।

उनले भने, “अहिले यहाँ पार्टीका नेता शेखर कोइराला बस्नुहुन्छ । पहिले बीपी कोइराला गिरिजाप्रसाद कोइराला र बुबा कृष्णप्रसाद कोइराला पनि बस्नुहुन्थ्यो । सबै कोइरालाहरूलाई सम्झनुपर्छ । उहाँहरुसँग हाम्रो भावनात्मक सम्बन्ध छ। उहाँहरु हाम्रो लागि महामानव हो। निवासलाई पार्टीको गुटको रुपमा हेर्नु हुँदैन। यो हाम्रो धार्मिक स्थल भएझैँ पवित्र स्थल हो ।

सञ्चारकर्मीहरूले आगामी महाधिवेशनबारे गरेको प्रश्नमा नेता खाणले पार्टीको विधान अनुसार एक वर्ष थप गरेर पाँच वर्षभित्र पार्टीको महाधिवेशन गर्न सकिने बताए ।

खाँणले पार्टीभित्र अनुशासनको कारबाही कुरा उठ्नु र कारबाही गर्नु स्वभाविक कुरा भएको भन्दै सभापति देउवालाई सहयोग गरेर पार्टीलाई बलियो बनाउन तर्फ सबै लाग्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार