logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

एमालेको विधान संशोधन : विद्यालाई झट्का, ओलीलाई अर्को कार्यकालको लागि बाटो खुल्ला


  • राजनीति
  • शनिबार, साउन ४ २०८२

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्तावलाई पारित गरेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शनिबार र शुक्रबार बसेको पोलिट ब्युरो बैठकले पार्टीको विधान संशोधन गरेको जानकारी दिए। उनका अनुसार पार्टीभित्र दुई सदस्यताको व्यवस्था र व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित भएको हो ।

पोलिटब्यूरो बैठकका निर्णय सार्वजनिक गर्दै गौतमले भने, “विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्युरो बैठकले स्वीकार गरेको सामान्य सुझावलाई समावेश गर्ने गरी बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो। यसको महत्त्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई स्वीकार गर्दै बैठकद्वारा निर्णय गरेका छौं।”

गौतमका अनुसार पोलिट ब्युरो बैठकमा ६८ जना सदस्यहरूले आफ्नो धारणा राखेका थिए।

विधान संशोधन प्रस्ताव पारित भएसँगै अब एमालेमा दुई वर्ष कार्यकाल र ७० हटेको छ। योसँगै अध्यक्ष केपी शर्मा ओलीलाई अर्को कार्यकालका लागि बाटो तयार भएको छ।

बैकमा सहभागी अधिकांश नेताहरुले भने २ कार्यकाल राष्ट्रपति भैसकेको व्यक्ति राजनीतिमा फर्किनु उचित नभएको तर्क गरेको जनाइएको छ । स्रोतका अनुसार बैठकमा पोलिटब्यूरो सदस्य महेश बस्नेतले भने ११ औँ महाधिवेशनमा अध्यक्ष ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए । नेता बस्नेतले पछिल्ल दिनमा पूर्वराष्ट्रपति भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता शेखर कोइरालाको भेटले एमालेलाई कमजोर पार्ने चाल भएको टिप्पणी गरे ।

एमालेको यस निर्णयले भने पार्टी सदस्य नवीकरण गरेर राजनीतिमा फर्केको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको योजनामा भने झट्का लागेको छ । बैठकले भण्डारीको सदस्यता नविकरण पनि पेन्डिङ (स्थगनमा) रहेको र यस विषयमा फेरि निर्णय गरिने जनाइएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले राज्यको तर्फबाट दिइएका सबै सेवा, सुविधा त्यागेर राजनीतिमा फर्केको औपचारिक घोषणा गरिसकेकी छन् । उनको यो घोषणासँगै चौतर्फी रुपमा विरोध भैरहेको थियो । दुई कार्यकाल राष्ट्रपति पदमा पुगीसकेको व्यक्ति कुनै एक पार्टीको नेता भएर राजनीतिमा फर्किनु उचित नभएको धारणा राख्न थालिएको छ । भण्डारीलाई अध्यक्ष ओलीसहित पार्टी भित्रको एउटा पक्षले भने राजनीतिमा फर्किनु उचित नभएको टिप्पणी गरेको छ ।

दुई कार्यकाल राष्ट्रपति भैसकेकी भण्डारी फेरि राजनीतिमा फर्किनुले उनको देशको पहिला महिला प्रधानमन्त्री बन्ने योजनारहेको बुझिएको थियो । तर, पार्टी बाहिरबाट आलोचना भए पनि पार्टीबाट अध्यक्ष ओलीले भण्डारीको कदमको विषयमा कस्तो धारणा राख्छन भन्ने सबैको चासोको विषय बनेको थियो । ओलीले भने सचिवालय बैठकमा भण्डारी राजनीतिमा फर्किने कुरा आफूले पत्रिकामा आएको समाचारबाट मात्रै जानकारी पाएको बताएका थिए ।

उनले दुई कार्यकाल राष्ट्रपति भैसकेको व्यक्ति राजनीतीमा फर्किनु उचित नभएको तर्क गर्नुको साथै अरुले उचालेका भरमा राजनीतिमा आउन नहुने धारणा राखेका थिए । यसरी भण्डारीको राजनीतिमा फर्किने निर्णयको अध्यक्ष ओलीले समेत दिएनन् ।

भण्डारीको निर्णयबाट असन्तुष्ट बनेका ओलीले उनी राजनीतिमा फर्किनु नहुने उचित नहरेको धारणा मात्रै राखेका छैनन् ओलीले पार्टीको विधान समेत तत्काल संशोन गर्न सफल भएका छन् । एमालेको विधानमा एउटा व्यक्ति २ वर्षे कार्यकाल मात्र अध्यक्ष बन्न पाउने र ७० वर्षे उम्मेरहदको व्यवस्था थियो । उक्त व्यवस्थालाई अध्यक्ष ओलीले सचिवालय बैठकमा हटाउने सहमति गराएका थिए भने आज पोलिटब्यूरो बैठकले पनि सो प्रस्तावलाई हटाउने सहमति जनाएको छ ।

भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेको महिनादिन नपुग्दै अध्यक्ष ओली यस्तो निर्णय गराउन सफल भएका हुन् । २ वर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटेसँगै एमालेमा ओलीलाई अर्काे कार्यकालका लागि रोडम्याम तयार भएको छ । योसँगै यो सँगै भण्डारीको राजनीतिमा फर्किने योजनासँगै देशको पहलो महिला बन्ने सपना पछि धकेलिने निश्चित प्रायः छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार