राजनीति
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छन्।
अध्यक्ष केपी शर्मा ओलीसँग ललितपुरको च्यासल स्थित एमाले मुख्यालयमा भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी हुन् ।
च्यासलमा ओली र भण्डारीबीच करिब डेढ घण्टा वान टु वान भेटवार्ता भएको थियो। भेटवार्ता पछि सञ्चारकर्मीहरुले उनलाई सदस्यता नवीकरणको विषयमा सोधेका थिए। जवाफमा भण्डारीले भनिन्, “सदस्यता त पुरानै विषय हो। नवीकरण भइसक्यो। आज यस विषयमा कुराकानी भएन ।”
अनुसार आजको भेटमा राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको हो ।
एमालेको संस्थापन पक्षले भने भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा रहेको जवाफ दिएको थियो । आजको अध्यक्षसँगको भेटबारेका अन्य विषय आधिकारिक च्यानलबाट जानकारी गरिने भण्डारीको भनाइ रहेको छ ।