राजनीति
काठमाडौं । निर्वाचन आयोगले रुपन्देही– ३ मा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आयोगले आइतबार निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगबाट बुधवार स्वीकृत कार्यतालिका अनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदावरको मनोनयन दर्ताको समय तोकिएको छ ।
सोही दिन ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्नेछ भने असोज २४ गते एक बजेदेखि साँझ ३ बजेसम्म यस अघि विभिन्न चरण पूरा गरेर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम तोकिएको छ ।
मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । २०७९ को आम निर्वाचनमा रुपन्देही– ३ बाट राप्रपाका दीपक बोहोरा निर्वाचित भएका थिए । उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।