logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एमाले केन्द्रीय कमिटी बैठक बस्दै


  • राजनीति
  • सोमबार, साउन ६ २०८२

काठमाडौं । पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज ११ बजेदेखि बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलामा बस्ने बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने छ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय समितिमा प्रस्तुत गर्नेछन्।

प्रस्तावित विधानका बारेमा इच्छुक सदस्यहरुलाई ३ मिनेट धारणा राख्न समय दिइने छ ।

विद्यान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यस अघिको व्यवस्थालाई हटाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार