logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ओलीको अतृप्त पद र सत्ता भोगलाई शान्त पार्न सुतेको र बिरामी भएको समय पनि घटाऔँ : भीम रावल


  • राजनीति
  • सोमबार, साउन ६ २०८२

काठमाडौं । नेकपा एमालेका पूर्व नेता डा. भीम रावलले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि व्यङ्ग्य गरेका छन्।

एमलेले हिजो र अस्ती बसेको सचिवालय बैठक र पोलिटब्यूरो बैठकबाट पार्टीको विधान संशोधनको प्रस्ताव पारित गरेको छ । विधानमा भएको ७० वर्ष उमेरहत र दुई कार्यकाल को व्यवस्था हटाउने गरी गरिएको प्रस्ताव पारित भएको हो ।

विधानमा भएको उक्त व्यवस्था हटाउने विषयमा केही पोलिटब्यूरो सदस्यहरूले असहमति जनाएपछि अध्यक्ष ओलीले आफू जेल बसेको उमेर पनि घटाउनुपर्ने अभिव्यक्ति दिएका भनेर समाचारहरु प्रकाशन भएका थिए।

ओलीले उमेर राख्ने र दुई वर्ष कार्यकाल लागू गर्ने भए आफू जेल बसेको उमेर घटाउन भनेको अभिव्यक्ति प्रतिलक्षित गर्दै डाक्टर रावलले व्यङ्ग्य गरेका हुन् ।

रावलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीको अतृप्त पद र सत्ता भोगलाई शान्त पार्न उनको राजनीतिमा आउनुभन्दा अघिको बाल्यकालको उमेर, काम नगरी सुनेतको र बिरामी भएर काम नगरेको अवधि घटाउन पर्ने बताएका हुन् ।

एमाले केन्द्रीय कमिटिको बैठक आज बस्दैछ । आज बस्ने बैठकमा सचिवालय र पोलिटब्यूरो बैठकले पारित गरेको विधान संशोधन सम्बन्धी उक्त प्रस्तावलाई केन्द्रीय कमिटि बैठकमा प्रस्तुत गरिनेछ । रावलले आज बस्ने बैठकलाई राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन की भनेका हुन् ।

उनले लेखेका छन्, “एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा के.पी.बाट बैठकमा पेश भएछ।के.पी.को अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रिय कमिटीको बैठकबाट अधिकारसम्पन्न कार्यदल गठन गर्ने कि ?”

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार