logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

लामिछानेलाई छुटाउन २७ लाख हस्ताक्षर र ५५ लाख चन्दा सङ्कलन


  • राजनीति
  • बिहिबार, साउन ९ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई छुटाउनका लागि २७ लाख भन्दा बढी हस्ताक्षर र ५५ लाख भन्दा बढी चन्दा संकलन गरिएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अदालतको आदेशपछि पूर्वपक्षका लागि थुनामा रहेका लामिछानेलाई सरकारले प्रतिशोध साधेको रास्वपाको आरोपछ । लामिछानेलाई छुटान सरकारलाइ दबाब स्वरूप रास्वपाले हस्ताक्षरसहित चन्दा संकलन अभियान सुरु गरेको हो ।

लामिछानेका सचिवालय सदस्य प्रमोद न्यौपानेका अनुसार हालसम्म २७ लाख ५० हजार ६७७ हस्ताक्षर सङ्कलन गरिएको भने ५५ लाख १३ हजार २०७ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

रास्वपाले लामिछानेको पक्षमा हस्ताक्षर गर्नेहरूका लागि पार्टी मुख्यालय वनस्थलीसहित देशका विभिन्न प्रदेश तथा काठमाडौँका विभिन्न स्थानमा बुथहरू हस्ताक्षर संकलन अभियान जारी राखेको छ । यसका साथै लामिछानेको पक्षमा हस्ताक्षर गर्न चाहनेहरूले अनलाइन प्रणाली अनुसार ह्वाट्सएप र इमेलमा समेत हस्ताक्षर गर्न सक्ने छन् ।

सभापति लामिछाने पूर्वपक्षका लागि थुनामा गएसँगै पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा गत असार ७ गतेदेखि रास्वपाले हस्ताक्षरसँगै चन्दा संकलन अभियान सुरु गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार