राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संवैधानिक परिषद् सम्बन्धी (काम, कर्तव्य र अधिकार) कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक लाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन्।
संशोधन विधेयकको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहीबार फिर्ता पठाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएँ।
संसदका दुवै सदनबाट बहुमतले पारित भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक गत असार ३१ गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिएको थियो।
प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुन आएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरिसक्नु पर्ने वा चित्त नबुझेमा पुर्नविचारका लागि प्रतिनिधि सभामै फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था रहेको छ।