logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बागमतीका मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै सांसदद्धारा अविश्वासको प्रस्ताव, चार मन्त्रीले दिए राजीनामा


  • राजनीति
  • शुक्रबार, साउन १० २०८२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाउन नेपाली कांग्रेसका सांसदहरूले नै उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै शुक्रबार कांग्रेसका २१ सांसदहरुले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा लामाले बजेट प्रकावकारी रूपमा कार्यान्वयन गर्न नसकेको, राजश्व सङ्कलन र खर्चको अवस्था नाजुक रहेको, प्रदेशमा जनताले महसुस हुने गरी सेवा नपाइएको लगायत आरोप लगाइएको छ।

लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै काङ्ग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्।

महिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, पर्यटन मन्त्री बिमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका जनाइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन भने पनि उनले अस्वीकार गरेका थिए ।। गत बुधबार पनि सभापति देउवाले मुख्यमन्त्री लामालाई बोलाएरै राजीनामा दिन सुझाव दिएका थिए ।

बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ सांसद रहेका छन्। आफ्नै पार्टीका २१ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी दर्ता गराएपछि मुख्यमन्त्री लामाको पद धरापमा परेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार