logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गण्डकीका पूर्वप्रदेश प्रमुख गुरुङको निधन


  • राजनीति
  • शनिबार, साउन ११ २०८२

पोखरा । गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ।

आज बिहान आफ्नै निवासमा उनको निधन भएको हो। नेपाली कांग्रेस चितवनका पूर्व सभापति समेत रहेका गुरुङ २०७८ साउन २ गते गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएका थिए।

भरतपुर महानगरपालिका– २६ निवासी गुरुङ प्रासी भूमि आयोगको अध्यक्ष समेत भएर काम गरेका थिए । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए।

२०४६ सालको जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै गुरुङले कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए। उनका छोरा देश बाहिर रहेकाले उनको अन्त्यष्टि आइतबार गरिने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार