logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्डले लुकाएको ४२ अर्व बाहिर बाट नेपाल ल्याउने जिम्मा वामदेवलाइ : प्रकाण्ड


  • राजनीति
  • आइतबार, मंसिर ९ २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य प्रकाण्डले मुलुकमा निर्णायक क्रान्तिको अपरिहार्यता भैसकेको बताएका छन् । नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको विशाल जनसभाका प्रमुख अतिथि रहेका नेता प्रकाण्डले नेपाली जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले बगाएको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।


नेपाली जनताको मुक्तिका लागि लडिरहेको आफ्नो पार्टी नेपाल कम्युनिस्ट महासचिव विप्लवको नेतृत्वमा गतिशील तरिकाले अघि बढिरहेको प्रस्ट पार्दै भने, ‘तपाईंका छोराछोरीले क्रान्तिमा बगाएको रगत र पसिना कुनै पनि कोणबाट खेर जान दिँदैनौंँ । यो सिंगो पार्टीका तर्फबाट प्रतिबद्धता हो ।’
फासिवादी र दलाल सरकारका कारण देशमा राष्ट्रघात र जनघात तीव्र गतिमा भइरहेको बताउँदै उनले त्यो कदम तत्काल नरोकिए सबै जनता राष्ट्रिय मुक्ति सेनामा परिणत हुने चेतावनीसमेत दिए । उनले हिजोका कमान्डर प्रचण्डले दुवैको बैंकमा राखेको ४२ अर्व रकम नेपाल भित्र्याउने खेलमा रहेको र त्यसको जिम्मा वामदेव लाइ दिएको समेत बताएका छन ।

निर्मला पन्तको हत्यारालाई पत्ता लगाएर केपी–प्रचण्डको अगाडि पछार्ने काम आफ्नो पार्टी नेकपाले गर्ने प्रवक्ता प्रकाण्डको भनाइ छ । प्रकाण्डले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाएर केपी–प्रचण्डको अगाडि सडकमा ल्याएर नेकपाले कारबाही गरेर देखाउने बताए ।
निर्मला पन्तको हत्याको विरोधमा संघर्ष गर्ने र त्यसनिम्ति आन्दोलन घोषणा गरिसकेकोले सहभागी हुन प्रकाण्डले अपिलसमेत गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार