logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अख्तियार प्रमुख प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्छ : सांसद पन्त


  • राजनीति
  • आइतबार, साउन १२ २०८२

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईमाथि महाअभियोग लगाउनुपर्ने बताएकी छिन्।

आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पन्तले अख्तियार प्रमुख राईमाथि महाभियोग लगाउनुपर्ने बताएकी हुन्।

प्रमुख अङ्गहरूमाथि लगातार जनविश्वास घटिरहेको भन्दै उनले दलहरूबीचको पारस्पारिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राही बीचको विश्वासको संकट बढिरहेको उल्लेख गर्दै सरकार यसतर्फ गम्भीर हुनुपर्ने बताइन् ।

दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णय प्रक्रियामा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि सांसद पन्तले प्रमुख राईमाथि महाभियोग लगाउनुपर्ने पर्ने माग राष्ट्रिय सभामा उठाएकी हुन् ।

नेपाल आयल निगमको जग्गा घोटाला, वाइडबढी जहाज खरिद घोटाला, नक्कली भुटानी शरणार्थी लगायतका काण्डहरूमा अख्तियार प्रमुख राई नै मुछिएकाले उनीमिाथ अनुसन्धान हुनुपर्ने भन्दै युवराज पौडेल (सफल) ले आज नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता समेत गराएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार