logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अहिले चित्त नबुझे अधिनायकवाद भन्नेहरूलाई जेल, हत्कडी र कालकोठरी थाहा नहुन सक्छ : प्रधानमन्त्री


  • राजनीति
  • आइतबार, साउन १२ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चित्त नबुझे अधिनायकवाद भन्नेहरूलाई जेल, हत्कडी र कालकोठरी थाहा नहुन बताएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उद्ययन मन्त्रालयले आइतबार बालुवाटारमा आयोजना गरेको विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, “कुनै कुरामा चित्त नबुझे अधिनायकवादी भन्दिए पुग्छ । अधिनायकवाद कस्तो हुन्छ ? विनायकवादी शासनमा गिरफ्तारी कस्तो हुन्छ ? त्यतिबेला पिटाइ कस्तो खाइन्छ । त्यो त हामी खाएकाहरूलाई थाहा छ। अहिलेसम्म पनि रहेकै छ, अघिल्लो जेनेरेसन उसलाई थाहा छ । कालकोठरी कस्तो छ, गोलघर कस्तो छ, त्यो बसेकालाई थाहा हुन्छ। हत्कडी लगाएर हात खुट्टाहरु सुन्निएर पाकेर खिया लागेको फलामले घोटेर घाउ बनाएर नली खुट्टाहरू पिपले भरिएर कसरी मान्छे बाँच्छ होला ? कसरी सुत्छ होला ? कसरी निदाउँछ होला त्यहाँ आफ्नो ठाउँमा अब आज के छ आज त सजिलो छ डेमोक्रेसी आएको छ।”

प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निजी स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले को सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको उनले बताए।

पुरस्कार वितरण कार्यक्रमा प्रधानमन्त्री ओलीले विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरुलाई पुरस्कृत गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुुवन ढुुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गरेका हुन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार