राजनीति
काठमाडौं । पतञ्जली भ्रष्टाचार मुद्दामा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई वारेस राख्ने अनुमति दिन विशेष अदालतले अस्वीकार गरेको छ।
न्यायाधीशद्धय नारायण सिंह राई र मुराबी बाबु श्रेष्ठको संयुक्त इजालसले वारेस राख्न माग गर्दै नेपालले दिएको निवेदनमाथि सुनुवाई गर्दै सोमबार यस्तो आदेश जारी गरेको हो ।
राजनीतिक कार्यक्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाउँदै अध्यक्ष नेपालले वारेस राख्न अनुमति दिन माग गर्दै अदालतमा निवेदन दिएका थिए।
नेपाललाई तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुरको अभियोग लागेकाले वारेस राख्न अनुमति प्रदान गर्न नमिल्ने विशेष अदालतबाट जारी गरिएको आदेशमा उल्लेख गरिएको छ।