राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ।
हिजो र आज काठमाडौँमा बसेको नाउपाको राष्ट्रिय भेलाले अध्यक्ष चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
घुस प्रकरणमा मुछिएकी निर्वतमान अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीलाई हिजो मात्रै पार्टीले साधारण पदमा सदस्य समेत नरहने गरी हटाउने निर्णय गरेको थियो।
रन्जिता नाउपाका संरक्षक रेशमलाल चौधरीकी श्रीमती हुन् बने नयाँ अध्यक्ष बनेका लालवीर रेशमलाल चौधरीका बुवा हुन् ।