राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आजबाट बस्दै छ।
पार्टी केन्द्रीय मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजेदेखि स्थायी कमिटीको बैठक बस्नेछ । हिजो बसेको पार्टी पदाधिकारी बैठकमा स्थायी कमिटीका बैठकका एजेण्डा तय गरिएको थियो।
पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितिबारे पनि ब्रिफिङ गरेका थिए । स्थायी कमिटी पोखरामा आएर रोकिएको अभियानलाई निरन्तरता दिने विषयमा छलफल गर्नुको साथै केन्द्रीय समितिको बैठकको मिति तय गर्नेछ।
त्यस्तै, संगठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरण, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्ने लगायतका बारेमा छलफल गरिने जनाइएको छ।
बैठकको अन्त्यमा सामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल गरिनेछ ।