राजनीति
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्।
पार्टीको आन्तरिक विवादका कारण केही दिन अघि पार्टीभित्रकै २२ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि लामाले आज पदबाट राजीनामा दिएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा लामाले आफ्नो कार्यकालमा भएको प्रगति विवरण सुनाउँदै आफूले इमान्दारितापूर्वक काम गरेको भएतापनि आफ्नै दलभित्रको प्रपञ्चबाट राजीनामा दिनुपरेको बताए बताए ।
यस घटनाले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको लामाको भनाइ रहेको छ।
२०८१ साल साउन ९ गते मुख्यमन्त्रीको शपथ लिएका बहादुर सिंह लामाले एक वर्ष नौ दिन बागमती प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए। लामा बागमती प्रदेशमा नेपाली काङ्ग्रेस र तामाङ समुदायबाट पहिलो मुख्यमन्त्री बनेका थिए ।