logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

इन्द्र बानियाँले गरे बागमतीको मुख्यमन्त्रीमा दाबी पेश


  • राजनीति
  • सोमबार, साउन २० २०८२

काठमाडौं । नेपाली कांग्रेस बागती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेको थियो । मुख्यमन्त्री कार्यालय दाबी पेश गर्न आह्वान गरेको केही समय पछि नै बानियाँले नेकपा (एमाले) को समर्थनमा दाबी पेश गरेका हुन् ।

पार्टीको आन्तरिक विवादका कारण केही दिन अघि पार्टीभित्रकै २२ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो राजीनामा दिएका थिए ।

लामाको राजीनामा आज स्वीकृत भएसँगै प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार