राजनीति
काठमाडौं । निजामती सेवा विधयेकको ‘कुलिङ अफ पिरियड’ त्रुटीबारे अनसन्धान गर्न बनेको विशेष संसदीय छानबिन समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा समितिका सभापति जीवन परियारले सभामुख घिमिरेलाई छानबिन समितिको प्रतिवेदन बुझाएका हुन् । समितिले ‘कुलिङ अफ पिरियड’ प्रावधानमा नियतबस नियतबस छेडाखानी गरेको ठहर गर्दै राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा र सचिव सुरज कुमार दुरालाई नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।
प्रतिवेदन बुझाउँदै समितिका सभापति परियारले प्रतिवेदन निर्माण गर्ने क्रममा सरोकारवाला सबैसँग छलफल गरेको जानकारी दिए । आगामी दिनमा यस प्रकारका त्रुटी हुन नदिन आवश्यक सुझाव समेत दिइएको सभापति परियारले बताए ।
प्रतिवेदन बुझ्दै सभामुख घिमिरेले सदनले दिएको कार्यभार पूरा गरेकोप्रति धन्यवाद दिँदै सरकारले दिएको प्रतिवेदनमा उल्लेख विषयलाई कार्यान्यन गर्ने प्रतिबद्धता जनाए ।
छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद सुशीला थिङ सदस्य छिन् । नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
https://drive.google.com/file/d/16pRm17hBe0ohg3A46tdNwCJRvdnMgpGc/view