राजनीति
काठमाडौं । नेपका (एमाले) का महासचिव शंकर पोखरेलले नेतृत्व परिवर्तनको सवालमा नेपका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गरेका छन् ।
बहुदलिय व्यवस्थाको स्थापना पछि नेपाली कांग्रेस र नेकपा (एमाले) मा नेतृत्व परिवर्तन भैरहे पनि माओवादी केन्द्रको मुख्य नेतृत्वमा भने प्रचण्ड नै रहेभन्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रचण्ड माथि कटाक्ष गरेका हुन् ।
यस अवधिमा नेपका एमाले को मुख्य नेतृत्वमा मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र हाल केपी शर्मा ओली रहेको दृष्टान्त उनले पेश गरेका छन्
त्यसैले नेपाली कांग्रेसको मुख्य नेतृत्वमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउबा रहे पनि बहुदल पछि हालसम्म माओवादीको नेतृत्व प्रचण्डले मात्र गरेको उनले उल्लेख गरेका हुन् ।
हेर्नुहोस महाचिव पोखरेलको स्टाटसः
बहुदलीय व्यवस्थाको स्थापना पछि नेतृत्व निर्माणका दृष्टिले यस्तो छ प्रमुख दलको अवस्थाः
नेकपा(एमाले)को मुख्य नेतृत्व
मदन भण्डारी
मनमोहन अधिकारी
माधव कुमार नेपाल
झलनाथ खनाल
केपी शर्मा ओली
नेपाली कांग्रेसको मुख्य नेतृत्व
कृष्णप्रसाद भट्टराई
गिरिजाप्रसाद कोइराला
सुशिल कोइराला
शेरवहादुर देउवा
नेकपा(माओवादी केन्द्र)को मुख्य नेतृत्व
पुष्पकमल दाहाल प्रचण्ड