logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै


  • राजनीति
  • बिहिबार, साउन २३ २०८२

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन्। उनी अगष्ट २७ अर्थात् आगामी भदौ १ गते काठमाडौं आउन लागेको प्ररराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ। प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीको सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ। साउनको सुरुवातमा प्रधानमन्त्री कार्यालय स्रोतले ओलीको भारत भ्रमण भन्दै ३१ मा हुने जनाएको थियो ।

भारतीय सचिव मिश्री नेपाल आएका बेला प्रधानमन्त्री ओलीको भारत भ्रमण लगायत द्धिपक्षीय सम्बन्धका विविधता विषयमा छलफल हुन्छ परराष्ट्र मन्त्रालय स्रोतको भनाई रहेको छ । तेस्रो पटक प्रधानमन्त्री बनेका ओली पहिलो भारत भ्रमणमा जान लागेका हुन् ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार