logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै


  • राजनीति
  • शुक्रबार, साउन २४ २०८२

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई स्वदेश फर्किने क्रममा आज दुबई प्रस्था

काठमाडौं । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।

उनी भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे ।

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११स्५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार