logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सरकारलाई नागरिकको ओछ्यानसम्म पुग्ने अधिकार छैन् : महामन्त्री शर्मा


  • राजनीति
  • शनिबार, साउन २५ २०८२

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले नागरिकको चियो गर्ने अधिकार नराख्ने बताएका छन्।

राष्ट्रिय गुप्तचर तथा अनुसन्धान सम्बन्धी विधेयकको मस्यौदा सार्वजनिक भएपछि यसमाथि चौतर्फी विरोध भइरहेको सन्दर्भमा महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

शर्माले सरकारलाई नागरिकको आँगनसम्म पुग्ने अधिकार भएपनि ओछ्यानसम्म पुगेर अनुसन्धान गर्ने अधिकार नभएको स्पष्ट पारे ।

उनले व्यक्तिको फोन संवाद सुन्ने र रेकर्ड गर्ने कार्यले व्यक्तिको गोपनियताको हकको हनन् हुने तर्क गरे । नागरिकलाई सुरक्षा दिने जिम्मेवारी पाएको सरकारले नै निगरानीको नियत राख्नु निदनीय भएको महामन्त्री शर्माको भनाई रहेको छ ।

नेपालमा कानुनको दुरुपयोग र अपव्याख्या धेरै हुने गरेको उल्लेख गर्दै शर्माले यस्ता कानुनलाई सत्ता र शक्तिमा बस्नेहरूले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्ने जोखिम रहेको बताए । उनले जनतालाई स्पष्ट जानकारी दिएर मात्र यस्ता कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।

२०७६ सालमा पनि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यस्तै विधेयक ल्याउन खोज्दा चर्को विरोधपछि रोकिएको स्मरण गर्दै शर्माले अहिले पनि त्यही व्यक्ति प्रधानमन्त्री हुँदा त्यस्तो विधेयक ल्याउन खोज्नुलाई शंकाको दृष्टिले हेर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

यस विधेयकले नेपालको संविधानको धारा १८ मा उल्लेखित गोपनियताको हकको हनन गर्ने भन्दै अहिले यसको चौतर्फी विरोध भइरहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार