राजनीति
हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने हित ह्वीप जारी गरेको छ ।
एमालेका प्रमुख सचेतक एकलाल श्रेष्ठले साउन २७ गतेको बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्
मुख्यमन्त्री बानियाँले साउन २७ गते मङ्गलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १०६८ उपधारा ४ र प्रदेश सभा निमावली २०७४ को उपनियम १ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
त्यस्तै सूचनामा प्रदेश सभा बैठक बस्नुअघि दिउँसो १ बजे एमालेले संसदीय दलको बैठक बस्ने भएकाले दलको कार्यालयमामा उपस्थिति हुन सांसदहरूलाई सूचित गरिएको छ।
यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेको थियो। शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव मीन कृष्ण महर्जनले एक सूचना सम्प्रेषण गर्दै मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा अनिवार्य उपस्थिति हुन निर्देशन गरेका थिए ।
कांग्रेसका बागमती प्रदेश सभापति समेत रहेका बानियाँ आफ्नो दलका शक्ति साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । ११० संसद रहेको बागमती प्रदेश सभामा बानियाँलाई विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।