logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैन : अध्यक्ष प्रचण्ड


  • राजनीति
  • आइतबार, साउन २६ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने आफूहरुको प्राथमिकतामा नभएको बताएका छन् ।

आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको विरोध गर्दा माओवादीलाई सरकारमा जान खोजेको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोच नरहेको स्पष्ट पारे ।

उनले भने, “यो सरकारले राम्रो काम गर्न खोजिरहेको छैन। त्यसका विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन। हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ।”

विगतमा स्थगन भएको अभियानलाई माओवादी केन्द्रले भदौ तेस्रो साताबाट पुनः सञ्चालन गर्ने त्यसपछि पुन केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेण्डा सहित अगाडि बढ्ने उनले जानकारी दिए।

हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको दाबी गर्दै अध्यक्ष प्रचण्डले बैठकले गरेका निर्णयहरू कार्यान्वयनमा आउने बताए ।

चित्तवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेको र त्यसको निर्माणका कार्यक्रम द्रुत गतिमा अगाडि बढाउनुपर्ने आवश्यकता भएको अध्यक्ष प्रचण्डको भनाइ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार