राजनीति
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिएका छन्।
मङ्गलबार बसेको प्रतिनिधिसभामा बोल्दै खतिवडाले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् निजामती सेवा विधेयकमा भएको कुलिङ पिरियड गडबडी प्रकरणमा विशेष छानबिन समितिले सभापति नैतिक जिम्मेवारी दिनुपर्ने गरी प्रतिवेदन तयार गरेको थियो।
विशेष छानबिन समितिको प्रतिवेदनले आफूलाई दोषी करार नगरिएको भएपनि पदलाई भन्दा प्रश्नलाई माथि राखेर राजीनामा घोषणा गरेको सभापति खड्काले दाबी गरेका छन्। संघीय निजामति विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच शक्ति प्रदर्शन झेल्नुपरेको उनको भनाइ थियो ।
कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको थियो । आफूले विधेयक गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति अन्तिमसम्म लागेको उनले बताए ।
उनले निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल र गरिहिएर नहेर्नु आफ्नो कमजोरी रहेको स्वीकार गरे ।