logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नाउपाको अध्यक्षतामा रञ्जिता नै कायम, लालवीरलाई आयोगले दिएन मान्यता


  • राजनीति
  • बुधबार, साउन २९ २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता चौधरी नै कायम रहने भएकी छिन् । निर्वाचन आयोगले नयाँ अध्यक्ष बनेका लालवीर चौधरीलाई अध्यक्षको मान्यता दिन अस्वीकार गरेको जनाइएको छ ।

रञ्जिता श्रेष्ठलाई हटाउँदै नाउपाको एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो। अध्यक्षतामा दाबी गर्दै लालवीर चौधरीले अध्यावधिकका लागि निर्वाचन आयोग निवेदन दिएका थिए

राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रञ्जिता नै अध्यक्ष भएको आयोगले हिजो राति निर्णय गरेको आयोग स्रोतले जनाएको छ।

निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जितालाई आयोगले पत्र काटेको थियो । दुबैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए ।

उनीहरूको जवाफ ऐन कानुन र विधानको आधारमा रहेर रन्तिलाई नै अध्यक्ष कायम गरेको आयोग स्रोतले जनाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार