राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको आरोप लगाएका छन्।
बिहिबार नयाँ बानेश्वर स्थित संघीय भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले धरातल छाडेर हावादारी गफ मात्रै दिएको बताए
उनले, “भने गफ दिँदा जे बोले पनि हुन्छ यथार्थमा धरातलमा के छ भन्ने जनतालाई थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ। त्यसले गर्दा पनि देश बर्बाद भएको छ।”
आफूले कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय स्थित क्रिकेट रङ्गशाला निर्माणकार्य नियालिरहेको र आफूले सदनमा बोलेको भन्दा फरक नरहेको अध्यक्ष प्रचण्डको भनाइ रहेको छ।
उनले भने, “टियु मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठीक छ । उहाँले त्यसलाई मात्रै इस्यू बनाउनु भएको छ । त्यो बेठिक छ ।”