logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता


  • राजनीति
  • आइतबार, भाद्र १ २०८२

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका विदेश सचिव मिश्रीले शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल आएका हुन् ।

उनले यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । भोली पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्रीले आज महत्वपूर्ण भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ ३१ गते भारत भ्रमणमा जाँदैछन् । विदेश सचिव मिश्री ओलीको भ्रमणको तयारीको लागि पनि नेपाल आएका हुन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार