logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

किन नेकपाका केन्द्रिय नेताहरु मासमा छरिए ?


  • राजनीति
  • सोमबार, मंसिर १० २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको विशाल जनसभामा सहभागी प्राय केन्द्रिय नेता जनसभाको मन्चमा देखिएनन् । उनिहरु भृकुटीमण्डपमा नअटाएको मास सग नै छरिएर बसेका थिए । पहिला जसरी सबै केन्द्रिय नेताहरू मन्चमा नै बस्नु पर्ने कुरालाइ नेकपाले बिस्तारै परिवर्तन गरेको बुझिएको छ ।

प्रमुख अतिथि रहेका नेता प्रकाण्ड, पिबिएम पदम राइ,शिलु,ओम पुन,जिवन्त,गम्भीर ,केन्द्रिय सदस्यहरु आधार,बन्धु, आदर्श , मामा,खुमा सुवेदी,मकर गुरुङ सल्लाहकार चित्र आले र असारे मात्र मंचमा देखिएका थिए । अरु नेताहरु सन्तोष बुढा,बिरजङ्ग, ध्रुव घिमिरे ,राप्ती,असिना,असल खड्का लगाएत थुप्रै केन्द्रिय नेताहरु छरिएर मासमा बस्नुलाइ निकै महत्त्वका साथ हेरिएको छ । सबै नेताहरू सबै कार्यक्रममा नदेखिने कुराले कुनै राजनीतिक सिफ्टको संकेत गरेको समेत अड्कल गर्न थालिएको छ । यद्यपि यस बारे नेकपाले केहि बताएको छैन ।

पचास हजार भन्दा बढि जनता उतारेको स्रोतले जनाएको छ । सभामा सहभागी प्राय युवा र नौजवान देखिनुलाइ नेपाली राजनीतिमा निकै महत्व र अर्थका साथ हेरिएको छ

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार