राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको शीघ्र रिहाईका लागि सरकारले पहल गरिरहेको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै प्रधानमन्त्री ओलीले हमासको कब्जामा रहेका विपिन जोशीको यथाशघ्र रिहाइका लागि पहल गर्नु सरकारको जिम्मेवारी रहेको र हरसम्भव पहल गरिरहेको जानकारी दिए।
“इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो। सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिंदै हर सम्भव पहलमा जुटिरहेको छ। बिपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावास मार्फत निरन्तर संवाद गरिरहेको छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।
सरकार विपीन जोशीको परिवारको साथमा रहेको प्रधानमन्त्री ओलीको भनाई रहेको छ ।
उनले लेखेका छन्, “इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ । यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ।”