logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु गणतन्त्रका लागि चुनौती : एमाले नेता भट्टराई


  • राजनीति
  • सोमबार, भाद्र ९ २०८२

काठमाडौं । नेकपा (एमाले) का नेता विशाल भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्कन नहुने निर्णय गरेर देशकै सम्मानित नेताको रुपमा राखिएको बताएका छन् ।

सोमबार खोटाङको दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले सम्मानित राष्ट्रपति जस्तो पदमा पुगिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउनु गणतन्त्रताका लागि चुनौती र पार्टीका लागि सुखद् नहुने दाबी गरे ।

एमाले केन्द्रीय कमिटिको बैठकमा बहुसंख्यक सदस्यहरुले राष्ट्रपति भइसकेको व्यक्ति राष्ट्रपतिमा फर्किन नहुने निर्णय गरेकाले पूर्वराष्ट्रपति अब सक्रिय राजनीतिमा नफर्कने नेता भट्टराईको भनाई रहेको छ । यो निर्णयले पार्टीलाई मात्र नभई भण्डारीलाई पनि सम्मान भएको उनको दाबी छ ।

“गणतन्त्रको प्रतिकको रुपमा रहेको सम्माननीत राष्ट्रपतिको पदमा पुगेको व्यक्तिलाई नीतिगत रुपमा सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निर्णय गर्यो । यो निर्णय विद्या भण्डारीलाई एमालेको मात्रै होइन देशकै नेता बनाउने निर्णय हो । यो उहाँकै सम्मानका लागि हो,” नेता भट्टराईले भने ।

भण्डारीलाई सदस्यता नविकरण गरेर राजनीतिमा ल्याउन तल्लो तहमा समेत आवाज उठे पनि बहुमतले गणतन्त्रको प्रतिक, सर्वाेच्च पदमा पुगेका व्यक्तिलाई सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्षमा पुगेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार