logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सिमा विवाद सुल्टाउने दम केपी ओली बाहेक अरुमा नभएको एमाले नेता बास्कोटाको दाबी


  • राजनीति
  • सोमबार, भाद्र ९ २०८२

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सिमा विवाद बारे ढुक्कले कुरा गर्ने र सुल्टाउने दाम केपी ओली बाहेक अरुपमा नभएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि गरेको चीन भ्रमण र आसन्न भारत भ्रमण स्वर्ण मौका भएको बताएका छन् । हालै चीन र भारले नेपाली भूमि लिपुलेक हुँदै व्यापारीक नाका पुनः सञ्चाल गर्ने सहमति गरेसँगै नेपाल–भारत सिमा विवादको विषय चर्किएको छ ।

सिमा विवादले नेपाली राजनीतिमा तात्तिको समयमा एमाले नेता बास्कोटाले लिम्पीयाधुरा लिपुलेक बारे भारत चीन दुबैको नेपाललाई मतलव नै नराख्ने नीती नेपालका नेता र कुटनीतिज्ञलाई जानकारी नभएको थिएन भन्दै उनले केपी ओलीमा मात्रै सिमा विवदा सुल्टाउने दम रहेको दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “लिम्पीयाधुरा लिपुलेक बारे भारत चीन दुबैको नेपाललाई मतलव नै नराख्ने नीती नेपालका नेता र कुटनीतिज्ञलाई जानकारी नभएको थिएन।अहिले प्रमको दुईतिरकै यात्रा स्वर्ण मौका हो।ढुक्कले कुरा गर्ने र सल्टउने दम अरुमा छैन।मिचाहालाई एक ईन्च मिच्न दिए एक माईल मिच्छ भन्ने चिनीयाँ उखान छ। ”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार