logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विपिनको रिहाइका लागि राष्ट्रपति पौडेलले गरे जोर्डनका राजासँग आग्रह


  • राजनीति
  • मंगलबार, भाद्र १० २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि जोर्डनका राजा अब्दुल्लाह द्धितियलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार जोर्डनका राजा अब्दुल्लाहलाई एक पत्र पठाउँदै विपिनको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तिका लागि यथाशिघ्र पहल गरिदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

जोर्डनी समकक्षीले चाल्ने सबै मानविय तथा कुटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा राष्ट्रपति पौडेलले पत्रमा उल्लेख गरेका छन् । विपिनकी आमा र बहिनीले शितलनिवास पुगेर आइतबार राष्ट्रपति पौडेललाई भेटेर रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि थप पहल गर्ने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार