राजनीति
काठमाडौं । गृहमन्त्री रमेश लेखक सुरक्षा निकायको चिकित्सकको टोलीसहित वीरगञ्जको हैजा प्रभावित क्षेत्र जाने भएका छन् ।
गृहमन्त्री लेखक हैजाबाट संक्रमित भएका बीरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनु पर्ने आवश्यक तयारीको विषयमा आवश्यक छलफल र समन्वय गर्नका लागि चिकित्सकको टोलीसहित वीरगञ्ज जान लागेका हुन् ।
पछिल्लो केही दिन यता वीरगञ्जमा हैजाको संक्रमण फैलिए पनि हालसम्म हैजाको स्रोत पत्ता लाग्न सकेको छैन् ।
गृहमन्त्री लेखकले आइतबार विहान नारायणी अस्पतालमा उपचारत बिरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँगपनि भेटघाटको कार्यक्रम राखेको गृहमन्त्रालयको सचिवालयले जनाएको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले शनिबार गृहमन्त्री लेखक वीरगञ्जमा आउने कार्यक्रम तय भएको जानकारी दिए।
गृहमन्त्रीको सचिवालयले वीरगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोलीले हैजा प्रभावित क्षेत्रका बिरामीको उपचार लगायतमा सहजीकरण गर्ने जनाएको छ ।