logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

उम्मेदवार लेखजंग थापा विवादमा परेपछि रास्वपामा बबण्डर, पत्रकार सम्मेलन स्थगित


  • राजनीति
  • सोमबार, भाद्र १६ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनको उम्मेदवारका लागि पार्टीभित्र ‘प्राइम इलेक्सन’ गरेर छनोट गरेका डाक्टर लेखजंग थापा विवादमा परेपछि पत्रकार सम्मेलन स्थगित गरिएको छ ।

डाक्टर थापा बहुविवाह गरेको र त्यस विषयमा उजुरी समेत परेको भनेर विभिन्न सञ्चार माध्यमहरुमा समाचारहरू प्रकाशित भएपछि रास्वपाले थापाको पत्रकारहरूसँगको भेटघाट स्थगित गरेको हो।

थापा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट समेत समानुपातिक सूचीमा उम्मेदवार रहेको खुलेको छ । उनले रास्वपाबाट टिकट पाएसँगै पार्टीभित्र र बाहिरबाट चर्को आलोचना सुरु भएपछि रास्वपा पत्रकार सम्मेलन रोक्न बाध्य भएको हो ।

थापामाथि सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको समेत आरोप बारे रास्वपा एक नेताले उनले पहिलो पत्नीसँग डिभोर्स गरेर मात्र दोस्रो विवाह भएको बताए । तर उनकी दुवै श्रीमती एक महिना अघि सम्म सँगै रहेको खुलेको छ ।

थापाको बहुविवाह बारे पार्टी सभापति रवि लामिछानेलाई जानकारी भएतापनि कार्यवाहक सभापति डोलप्रसाद अर्याल र अन्य नेताहरूले थापाको पकट बलियो रहेको भन्दै उनलाई उम्मेदवार बनाउन दबाब दिएका थिए ।

विवाद चर्किएसँगै रास्वपा भित्र उम्मेदवार फेर्नुपर्ने आवाज समेत उठेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार