logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रास्वपाका नेता भण्डारीमाथि काठमाडौंमै आक्रमण


  • राजनीति
  • बिहिबार, भाद्र १९ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुँधवार राती काठमाडौंमा आक्रमण हुँदा गम्भीर घाइते भएका छन् ।

कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित घरमा जाँदै गर्दा नेता भण्डारीमाथि बुँधवार राती करिब ८ बजे आक्रमण भएको रास्वपा सचिवालय सदस्य दीपक बोहोराले जानकारी दिए । उनले मोटरसाइकलमा आएका अज्ञात तीन जना व्यक्तिहरुले नेता भण्डारीमाथि रड प्रहार गरेका थिए ।

टाउको र खुट्टामा रड प्रहार भएपछि गम्भीर घाइते भएका भण्डारीको हाल चुच्चेपार्टीस्थित स्तुपा अस्पतालमा उपचार भैरहेको छ । घटना र संकास्पद व्यक्तिहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार