राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।
जेनजी पुस्ताले सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आज काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर हालसम्म १५ जनाको मृत्यु भएपछि नेता पोखरेलले सामाजिक सञ्जाल एक्समार्फत् गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।
उनले एक्समा लेखेका छन्, “गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनु पर्यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्यो ।”
जेनजीको आन्दोलमा प्रहरीले हस्ताक्षेप गरेपछि आन्दोलनले उग्ररुप लिएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने अहिले पार्टीको आकस्मीक बैठक बोलाएका छन् ।