राजनीति
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।
सोमबार जेनजी पुस्ताहरुले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीहरुले गरेको आन्दोलमा प्रहरीको गोली लागेर १९ जना युवाको मृत्यु भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।
बालुवाटारमा जारी मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा लेखकले राजीनामा बुझाएको बैठकमा सहभागी एक जनाले बताए ।