logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आफूनिकट मन्त्रीहरुलाई राजीनामा दिन शेखरको निर्देशन, एक दिन पनि सरकारको साझेदार हुन नसक्ने गगनको भनाई


  • राजनीति
  • मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट मन्त्रीहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।

नेता कोइराला चीन भ्रमणमा रहेका छन् । नेपालमा जेनजीहरुले गरेको आन्दोलनले उग्ररुप लिएपछि उनी भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्किन लागेका छन् । जेनजीहरुको प्रदर्शनलाई सरकारले दमन गरेर १९ जनाको ज्यान गएपछि कोइरालाले यो सरकारको औचित्य समाप्त भएको बताएका छन् ।

कोइराला पक्षबाट वर्तमान सरकारमा स्वास्थ मन्त्री प्रदीप पौडेल, खेलकुद मन्त्री तेजुलाल चौधरी र पर्यटनमन्त्री बद्री पाण्डे सहभागी भएका छन् । उनले फोन गरेर मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको उनी पक्षका एक नेताले बताए ।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एक दिन पनि सरकारको साँझेर हुन नसकिने बताएका छन् । कांग्रेस सरकारबाट फिर्ता हुने र आफू पार्टीबाट त्यो निर्णय गर्न लाग्ने जानकारी दिएका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार