राजनीति
काठमाडौं । सबिता भण्डारी महान्यान्याधिवक्ता नियुक्त भएकी छिन् ।
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधीवक्ता नियुक्तीका लागि सिफारिस गरेकी थिइन् । उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधीवक्तामा नियुक्त गरेका हुन् ।
“राष्ट्रपति रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री सुशिला कार्कीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम मिति २०८२ भदौ २९ गते सबिता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नु भएको छ,” राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो सँगै भण्डारी नेपालको इतिहासमा पहिलो महिला महान्यायाधीवक्ता नियुक्त भएकी हुन् ।
यस अघि रमेश बडालले महान्यायाधीवक्ता पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरी नयाँ महान्यायाधीवक्तामा भण्डारीलाई नियुक्त गरेका हुन् ।
