logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

डा. सन्दुक रुइतले भने : बिरामी छाडेर मन्त्री बन्न जान्न


  • राजनीति
  • मंगलबार, भाद्र ३१ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसंग छलफल गरेकी छिन् ।

मंगलबार तिलगंगा आखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसंग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफुले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रुइतसंग आग्रह गरेकी हुन् ।

जवाफमा डा. रुइतले आफुले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिए । छलफलपछि डा. रुइतले आफुले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताए ।

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफु चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार