राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् ।
संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा राष्ट्रपतिको कार्यालय शितल निवासमा कार्यक्रम राखेका छन् । उपस्थितिका लागि राष्ट्रपति पौडेलले विशिष्ठ व्यक्तिहरुलाई आमन्त्रण गरेका छन् ।
राष्ट्रपति पौडेलले यही असोज ३ गते शुक्रबार अपरान्ह साढे ३ बजे कार्यक्रम राखेका हुन् ।
सरकारले पनि संविधान दिवस मनाउँदैछ । गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यका अनुसार संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ ।
