राजनीति
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले भेट गरेका छन् ।
राजदूत थम्पसनले आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । राजदूत थम्पसनले जेनजी प्रदर्शनहरुमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुको साथै नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहो¥याए ।
अमेरिका र नेपालबिच ७८ वर्षभन्दा अघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै देशले व्यापार, आर्थिक वृद्धि, विपद् व्यवस्थापन, र एमसीसी सम्झौताका प्राथमिकताहरूमा छलफल छलफल भएको जनाइएको छ ।