logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा


  • राजनीति
  • शुक्रबार, असोज ३ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो । बैठकमा सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् ।

गत भदौ २४ गते जेनजी पुस्ताहरुले आन्दोलनका क्रममा सभापति देउवाको बुढानिलकण्ठस्थित घरमा आगजनी र तोडफोड गर्नुको साथै देउवा दम्पतीमाथि कुटपिट समेत गरेका थिए । उक्त कुटपिटमा घाइते भएका देउवा दम्पतीको उपचार भैरहेको छ ।

सभापति देउवाले आज संविधान दिवसका अवसरमा शभकामना सन्देश भने जारी गरेका छन् । जेनजीहरुको आन्दोलनकै क्रममा कांग्रेस पार्टी कार्यालयमा समेत आगजनी गरिएको थियो । जेनजीको आगजनी पछि आज पहिलो पटक सानेपामै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार