राजनीति
काठमाडाैं – निर्मला पन्तबारे समाचार प्रकाशन प्रशारण नगर्न सुचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले निर्देशन दिएको
सरकारी संचार माध्यमका एक पत्रकारले जनाएका छन् ।
निर्मला प्रकणसम्बन्धि समाचारलाई फ्लोअप नगर्न भन्दै सरकारी संचार माध्यम रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति, द राइजिङ नेपाल र नेपाल टेलिभिजनलाई निर्देशन दिएको स्रोतको दावी छ ।
निर्मला प्रकरणले सरकारको बदनाम हुँदै गएकाले यस्ता समाचारलाई प्राथमिकता नदिन कडाइका साथ निर्देशन दिएपछि सरकारी संचार माद्यम भित्रै कोलाहाल मच्चिएको थियो ।
केहिदिन पहिले सरकारी संचार माध्यमका सम्पादकहरुलाई बोलाएर यस्तो निर्देशन दिएपछि निर्मला प्रकरणबारेका समाचार समेत विस्तारै कम हुँदै गएको पाइएको छ ।